बिहीबार, असार १०, २०७८

बी एण्ड सीलाई जबरजस्ती सम्बन्धन दिन लागेको भन्दै डा.केसीको विरोध

ज्योतिन्यूज २०७८ जेठ २७ गते १८:१८

काठमाडौँ । प्राध्यापक डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट मेडिकल कलेजलाई सम्बन्धन दिन लागेकोमा विरोध गर्नु भएको छ ।

चिकित्सा शिक्षा सुधारका अभियन्ता रहनुभएका डा.केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि चिकित्सा शिक्षा आयोगको बैठक राखेर बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गराउन खोजेको भन्दै विरोध गर्नु भएको हो ।

आज विज्ञप्ति जारी गर्दै उहाँले सम्बन्धनसम्बन्धी निर्णय गर्न आयोगका सदस्यहरुलाई बाध्य पार्न खोजेको भन्दै यो विधिको शासनविरुद्ध अक्ष्यम्य अपराध हुने बताउनुभयो ।

केसीले चिकित्सा शिक्षाको मर्यादा र संवेदनशीलता बुझेर त्यस खालको निर्णय प्रक्रियामा संलग्न नहुन तथा त्यसलाई रोक्न चिकित्सा शिक्षा आयोगका सदस्यहरुलाई आग्रह पनि गर्नुभएको छ ।

केसीले आफू हाल द्वन्द्वग्रस्त मुलुक यमनका पिछडिएका ठाउँहरुमा सेवा दिएर नेपाल फर्कने तयारीमा रहेको भन्दै सम्बन्धन दिएमा अनसन बस्ने चेतावनी समेत दिनुभएको छ ।

प्रतिक्रिया