बुधबार, साउन २०, २०७८

नरोत्तम वैद्यको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनकः एमाले

ज्योतिन्यूज २०७८ जेठ २९ गते १०:२२

काठमाडौं । वाग्मती प्रदेश सभा सांसद नरोत्तम वैद्यको अभिव्यक्तिप्रति नेकपा एमालेले भत्र्सना गरेको छ ।

शनिबार पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने बारे दिएको अभिव्यक्तिलाई अत्यन्त गम्भीर रुपमा लिएको जनाएको छन् ।

‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ ।’

विज्ञप्तिमा भनिएको छ  विज्ञप्तिमा भनिएको छ ‘उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ ।’

प्रतिक्रिया