बुधबार, साउन २०, २०७८

ज्वाला संग्रौलासहित तीनजनालाई थुनामा राख्न प्रशासनको अनुमति

ज्योतिन्यूज २०७८ असार ७ गते १६:३३

काठमाडौं । स्वघोषित सामाजिक अभियन्ता ज्वाला भन्ने उर्फ टीका संग्रौलासहित तीनजनालाई तीन दिन थुनामा राख्न प्रशासनले अनुमति दिएको छ।

आइतबार पक्राउ परेका संग्रौलासहित हिमाल उपाध्याय र शर्मीला वाइवालाई म्याद थपका लागि प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार पेस गरेको थियो ।

महानगरीय प्रहरी परिसर टेकुका एसएसपी अशोक सिंहका अनुसार प्रशासनको अनुमतिसँगै उनीहरूमाथि थप अनुसन्धान शुरू गरिएको छ ।

प्रहरी कार्यालयभित्रै संग्रौलाको समूहले आफूलाई हातपात गरेको आरोप घिमिरेको छ। फेसबुकमा लेखेको विषयमा संग्रौलाले घिमिरेविरुद्ध उजुरी दिएकी थिइन्। प्रहरीले मिलापत्र गराएर पठाएपनि घिमिरेले संग्रौलाको समूहले प्रहरी कार्यालयमा आफूलाई हातपात गरेको सार्वजनिक गरेपछि प्रहरी विवादमा तानिएको थियो।

केही साताअघि ट्राफिक प्रहरीविरुद्ध जातिय दुर्व्यवहार गरेको र सरुवाको धम्कि दिएको आरोपका कारण संग्रौला विवादित बनेकी थिइन्। प्रहरीले हिमानु उपाध्याय र शर्मिला वाइबालाई पनि पक्राउ थियो। प्रहरीले अधिकतम २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ।

प्रतिक्रिया