बुधबार, साउन २०, २०७८

सोमबार थपिए २२९७ संक्रमित, ३१ सय बढी निको

ज्योतिन्यूज २०७८ असार ७ गते १७:०२

काठमाडौँ । सोमबार नेपालमा २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८४ तथा एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी वितेको २४ घण्टामा थप ३१३० जना निको भएका छन् भने ४६ जनाको मृत्यु भएको छ ।

यो सँगै हालसम्म संक्रमित हुनेको संख्या ६ लाख २२ हजार ६४० पुगेको छ भने जसमा ५ लाख ५९ हजार ९२८ जना निको भएका छन् । यस्तै हालसम्म निधन हुनेहरुको संख्या ८७७२ पुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या ५३ हजार ९४० रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया