बुधबार, साउन २०, २०७८

कर्णालीका एमाले सांसदको ‘भ्याकेट’ निवेदनको सुनुवाइ हुँदै

ज्योतिन्यूज २०७८ असार ८ गते १०:३२

काठमाडौं । कर्णाली प्रदेशका चार सांसदमाथि पार्टी गरेको कारवाहीलाई सर्वोच्चले बदर गरेपछि त्यसमा एमालेले गरेको ‘भ्याकेट’ निवेदनमा आज (मंगलबार) सुनुवाइ हुँदैछ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कर्णाली प्रदेशका चार सांसदमाथि एमालेले गरेको कारवाही बदर गरेको थियो ।

त्यसविरुद्ध एमालेले आइतबार भ्याकेट (अन्तरिम आदेश खारेजीको माग) सहितको निवेदनमा सर्वोच्चमा दिएको छ ।

एमालेले नेता माधव नेपाल पक्षका सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई कारबाही गरेको थियो ।

प्रतिक्रिया