बुधबार, साउन २०, २०७८

फेरी बढ्न थाल्यो सुनको मूल्य, मंगलवार कतिमा हुँदैछ कारोबार ?

ज्योतिन्यूज २०७८ असार ८ गते ११:१९

काठमाडौँ । दुई दिन अघिसम्म निरन्तर घटेको मूल्य हिजोबाट भने बढ्न थालेको छ । मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँले बढ्दै ९१ हजार रुपैयाँ पुगेको हो ।

गत आइतबार एकैदिन ८०० रुपैयाँले घटेर सुनको मूल्य गत सोमबार ४०० रुपैयाँले बढेको थियो भने आज थप ६०० रुपैयाँले बढेर ९१ हजारमा उक्लिएको हो ।

महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत बढेर ९० हजार ५०० रुपैयाँ पुगेको छ ।

यता चाँदीको मूल्य भने मंगलबार पनि प्रतितोला ५ रुपैयाँले नै वृद्धि हुँदै एक हजार ३०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

त्यसअघि लगातार दुई दिनसम्म एक हजार भन्दा बढीले सुनको भाउ घटेको थियो ।

प्रतिक्रिया