बुधबार, साउन २०, २०७८

एकैपटक १० बच्चा जन्माएकी भनिएकी महिला गर्भवती समेत नभएको पुष्टि

ज्योतिन्यूज २०७८ असार १० गते १०:५३

एजेन्सी । दक्षिण अफ्रिकाकी एक महिलाले एकैपटक १० बच्चा जन्माएको भनिएको समाचार झुठो रहेको पुष्टि भएको छ ।

खुसियामी सिटोले नामकी महिलाले एकैपटक १० वटा बच्चा जन्माएको भन्दै बीबीसी लगायतका अन्तराष्ट्रिय मिडियाहरुले समाचार छापेका थिए । तर उक्त कुरा झुठो मात्र नभएर ती महिला गर्भवती समेत नभएको पुष्टि भएको हो ।

गौतेंग प्रान्तका अधिकारीले राज्यका कुनै पनि अस्पतालमा एकैपटक १० बच्चा जन्मिएको कुनै रेकर्ड नभएको जानकारी दिएका छन् ।

यसअघि जुन पहिलो साता दक्षिण अफ्रिकी सञ्चारमाध्यमहरूले ३६ वर्षीया गोसियामी थामारा सितहोलले प्रिटोरियाको एक अस्पताल सात छोरा र तीन छोरीलाई जन्म दिएको समाचार प्रकाशन गरेका थिए।

गाउटेङ प्रान्तको सामाजिक विकास विभागले पनि ती महिलाले १० सन्तान पाएको पुष्टी गरेको थियो।

थामाराका आफन्तहरूले दिएको विवरणलाई आधार मानेर प्रतिष्ठित अन्तर्राष्ट्रिय मिडियाहरूमा पनि यसबारे समाचार छापिएका थिए।

खुसियामी सिटोले हालै गर्भवती समेत नभएको अधिकारीले खुलासा गरेका छन् ।

हाल यी महिलाको ‘मेन्टल हेल्थ एक्ट’ अन्तर्गत हेरविचार गरिँदैछ र उनलाई हर सम्भव मद्दत प्रदान गरिएको छ ।

आधिकारिक बयानमा १० बच्चाको जन्मको झुटो कहानी बुन्नुको पछाडिको कारणबारे जानकारी दिइएको छैन ।

तर यो खबरलाई सबैभन्दा पहिला छाप्ने प्रिटोरिया न्यूजको मालिक कम्पनी इन्डिपेन्डेन्ट अनलाइनले ऊ आफ्नो कहानीमा अडिग भएको बताएको छ ।

कम्पनीले खुसियामी सिटोलेले राजधानी प्रिटोरियाको स्टीव बिको एकेडेमिक अस्पतालमा सात जूनमा १० बच्चालाई जन्म दिएको तर अस्पतालसँग यति बच्चालाई एकैटिक सुत्केरी गराउनका लागि पर्याप्त तयारी नभएको आरोप लगाएको छ ।

अब प्रिटोरिया न्यूजले प्रान्तीय स्वास्थ्य अधिकारीले मेडिकल लापरवाहीमाथि लिपपोत गरिरहेको आरोप लगाएको छ ।

तर सरकारी अधिकारीले यसको खण्डन गरिरहेको छ । उनले एक बयान जारी गर्दै भनेका छन्, ‘लापरवाहीको आरोप झुटो र निराधार छ । यो स्टीव बिको अस्पताल र गौतेंगको प्रान्तीय सरकारको इज्जतमाथि दाग लगाउने कोसिस हो ।’

बयानमा प्रिटोरिया न्यूज र यसका प्रधान सम्पादक पीट रांपेडीविरुद्ध कानूनी कारवाही गरिने बताइएको छ ।

पछिल्लो समय अनुसन्धानबाट ती महिला केही समयअघि गर्भवती पनि नरहेको र उनको शरिरमा शल्यक्रियाबाट बच्चा जन्माएको कुनै खत पनि नदेखिएको खुलेको छ।

बीबीसीका अनुसार अनुसन्धान गर्दा गाउटेङ प्रान्तका कुनै पनि अस्पतालमा एउटै महिलाले १० बच्चा जन्माएको रेकर्ड भेटिएन। यद्यपि यस अघि बीबीसीले पनि १० बच्चा जन्माएको समाचार प्रकाशन प्रशारण गरेको थियो ।

प्रतिक्रिया