बुधबार, साउन २०, २०७८

ओली निकट दलित विद्यार्थी संगठनले माग्यो शिक्षामन्त्रीको राजिनामा

ज्योतिन्यूज २०७८ असार १० गते १५:२४

काठमाडौँ । ओलीनिकट नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनले दलित भएकै कारण कोठा भाडामा नदिएकी घरवेटीलाई संरक्षण गरेको भन्दै राजीनामा माग गरेको हो ।

विहिबार संगठनका महासचिब राजेश नेपालीले एक विज्ञप्ती जारी गर्दै शिक्षामन्त्रीले नेपालको संविधानको मूल मर्म र २०६२÷६३ को जनआन्दोलनको जनादेश विपरीतको काम गरेको बताएको छ ।

नेपाल सरकारको शिक्षामन्त्री जस्तो गरिमामय पदमा आसिन व्यक्तिले पदीय मर्यादा ख्याल नगरी गरेको उक्त निन्दनीय कार्य प्रति हाम्रो संगठन घोर भत्सर्ना गर्दछ । जारी विज्ञप्तीमा भनिएको छ, हाम्रो संगठन शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठले आम दलित समुदाय प्रति सार्वजिक रुपमा माफी माग्दै तत्काल राजिनामाको माग गर्दछ ।

विज्ञप्तीमा अघि भनिएको छ, जातीय विभेदको घटना विरुद्ध उजुरी दिई अदालतले थप प्रमाण जुटाएर आउनु भनि पठाएको र प्रहरी हिरासत मै रहेको निज घरबेटी सरस्वती प्रधानलाई नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री जस्तो गरिमामय पदमा आसिन कृष्ण गोपाल श्रेष्ठ स्वयम् उपस्थित भई निज सरस्वती प्रधानलाई उक्त मन्त्रालयको सरकारी गाडीमा आसिन गराई लैजाउनुले नेपालको संविधानको मूूलमर्म तथा ०६२÷६३ को जनआन्दोलन जनादेश विपरितको कार्य हो, भन्ने हाम्रो संगठनको ठहर छ ।

उक्त जातीय विभेदको घटना विरुद्ध उजुरी दिई अदालतले थप प्रमाण जुटाएर आउनु भनि पठाएको र प्रहरी हिरासत मै रहेको निज घरबेटी प्रधानलाई मन्त्रालयको सरकारी गाडीमा आसिन गराई लैजाउनुले संविधान विपरीत काम गरेका प्रष्ट हुने संगठनले बताएको छ ।
हेरौँ विज्ञप्ती

प्रतिक्रिया