बुधबार, साउन २०, २०७८

भाइरल बन्नु बर्खे भेल जस्तै हो एक्कासी आउँछ, सधैँ रहन्नः गायिका जमुना सनम

गोमा परियार २०७८ असार १२ गते १४:४५

‘मरिगाको भए हामी संसार छुटिहाल्थ्यो ,बाँचेर पो पाइँदो रैछ दर्शन
लाखै बिन्ती गर्दा पनि टप्पै टिपिलान्थ्यो ,बाँचेर पो पाइँदो रैछ दर्शन

धेरैपछि पाइयो तिम्रो दर्शन
पिरतीको झरी बनी बर्षन ’ 
लोक तथा दोहोरी गायिका जमुना सनमको स्वरमा गीत यतिबेला बजारमा छ । गीत बजारमा आएको दुई हप्ता भयो सार्वजनिक हुनासाथ राम्रै चल्यो तर अहिले भने एकाएक गीत चर्चामा छ ।

गीतमा सनमसँगै गायक एविएन किस्मतको पनि स्वर रहेको छ । पछिल्लो समय गीत चल्यो चलेन भनेर मापन गर्ने माध्यम सामाजिक सञ्जाल ‘टिकटक’ पनि बनेको छ । टिकटकमा यो गीतलाई निकै मन पराइएको छ र प्रयोग गरिएको छ ।

यो गीतको भिडियो छायाङकनको दौरानमा धेरै कष्ट र समस्या झेल्नुपरेको उनी बताउछिन् । ‘निशेषाज्ञाको समयमा भएकाले धेरै दुख भएको छ । पुलीसले नदेख्ने गरेर काम गरेका हौ । घरको छतमा सुटिङ ग¥यौ भनेजस्तो दृश्य दिन सकिएन । सुटिङको समयमा दुख देखि रमाइला धेरै पल छन्’ उनले भनिन् ।

अर्घाखाँचीकी गायिका सनम सांगीतिक क्षेत्रमा करिव १३/१४ वर्षदेखि सक्रिय छिन् । ०६१ सालमा बुटवलमा चार वर्ष बसेर सांगीतिक क्षेत्रमा संघर्ष र मेहनत गरेकी सनम ०६६ साल बैशाखमा काठमाडौं आइन् ।

चार वर्ष घरदेखि टाढा एक्लै बुटवल बसेर धेरै सिकेकोले उनीलाई काठमाडौं गीत गाउन र सबैसँग घुलमिल हुन त्यति गाह्रो भएन । लोक तथा दोहोरी कलाकार धेरैको पृष्ठभुमी दोहोरीसाँझ भएझैं सनमको पनि थियो । ०७१ सालमा गुल्मीका दिपेन्द्र सुनारसँग वैबाहिक जीवनमा बाधिँएकी सनमको तीन वर्षको छोरा छन् । स-परिवार अहिले सँग सामाखुशीमा बस्छन् ।

उनका श्रीमान काठमाडौंको न्युरोडमा व्यवसाय गर्छन् । उहाँ सांगीतिक क्षेत्र भन्दा परको हुनुहुन्छ तर मेरो क्षेत्र र रुचिलाई बुझ्नुहुन्छ, सपोर्ट गर्नुहुन्छ । उहाँको सहयोग र साथ बिना म एक्लै ले केहि गर्न सक्दिन होला ।’ उनले भनिन् ।

आफ्नो छुट्टै पहिचान बनाएर यो क्षेत्रमा अघि बढिरहेकी सनमको बुझाइमा भाइरल बन्नु बर्खे भेल जस्तै हो । एक्कासी आउँछ तर सधैँ रहन्न ।

उनै सनमसँग गरिएको कुराकानी यसप्रकार छः

१. के मा व्यस्त हुनुहुन्छ ?

स्टुडियोको काम, गीतसंगीत यहि कुरामा व्यस्त छु ।

२. मौसम सफा छ ‘बाँचेर पो पाइदो रहेछ दर्शन’ गीत बजारमा छ प्रतिक्रिया कस्तो आएको छ ?

एकदमै माया गरिदिनुभएको छ । धेरै राम्रा प्रतिक्रिया र सुझावहरु आइरहेका छन् । झन् थप प्रेरणा मिलेको छ । सबैलाई धन्यवाद भन्न चाहन्छु ।
३. तीजका गीत रेकर्ड, सुटिङ धमाधम भइरहेका छन् । तपाइको तीज गीत कहिले सुरु हुन्छ ?

तयारीमा छु । अन्य गीत पनि छन् । मेरो तीज गीत साउनको पहिलो हप्तासम्म हुन्छ ।

४. संख्यात्मक हिसावले अहिलेसम्म कति गीतमा स्वर भर्नुभयो ?

दुई सयको हाराहारीमा भए होलान् । संख्या थोरै भए पनि गरेका सबै गीतले माया पाएका छन् म एकदम सन्तुष्ट छु ।

५. सांगीतिक क्षेत्रमा लागेर जिविकोपार्जन गर्न संभव छ ?

मैले गीत गाउने सँगै स्टुडियो पनि सञ्चालन गरिरहेको छु जस्ले गर्दा मलाई भनेर सहज छ । अहिलेसम्म राम्रोसँग चलेको छ ।

६. कतिवटा देशमा घुम्नुभयो ?

छैन धेरै चार पाँच देश गएको छु तर एउटै देश धेरैपटक दोहोर्‍याएर गएको छु ।

७. यो क्षेत्रमा नजिकको साथीको को छ ?

धेरै हुनुहुन्छ मलाई अनि मैले पनि माया गर्छु । तर मनको पिर व्यथा पोख्ने साथी शान्ति श्री परियार हो ।

८. अन्तिममा दर्शक श्रोतालाई के भन्न चाहनुहुन्छ ?

म आज जे छु यो सबै दर्शक श्रोताको माया हो । दर्शक श्रोता मेरा भगवान हुनुहुन्छ । हजुरहरुले दिएको माया र आशिर्वाद सधैं पाइराखु । मेरा भगवानरुपी दर्शक श्रोताप्रति सधै आभारी छु, तपाइहरुलाई सधै म मिठा र राम्रँ गीत पस्कने प्रयारसरत छु र रहिरहने छु । धन्यवाद । दर्शकश्रोताको माया बचाइराख्न सकु ।

गोमा परियार

पत्रकार परियार ज्योति न्यूजको लागि जीवनशैली, कला र मनोरञ्जन क्षेत्रमा कलम चलाउँछिन् ।

प्रतिक्रिया