बुधबार, साउन २०, २०७८

साढेचार वर्षपछि फर्किँदा दर्शक श्रोताको माया झन् बढी पाएँ : शिला आले

गोमा परियार २०७८ असार १९ गते १४:३१

काठमाडौं । शिला आले लोक तथा दोहोरी क्षेत्रमा चिरपरिचत नाम हो । सुमधुर स्वर, मिठो व्यवहार र हासोले सबैको मन जितेकी गायिका शिला साढे चारवर्षे अमेरिकाको बसाइपछि आफ्नै देश फर्किएकी छिन् । 

शिला यतिबेला दिनहुँजसो गीत रेकर्डिङ र लाइभ दोहोरीमा निकै व्यस्त छिन् ।

बिर्सनुभयो होला लागेको थियो तर बढी माया पाएँ…

अमेरिकाको साढे चार वर्षको बसाइ सकेर स्वदेश फर्किएकी शिलालाई दर्शक श्रोताको माया झन् बढी पाएको महसुस भएको छ । उनले भनिन्, ‘म साढे चार वर्ष अमेरिका बसेर आए अब फेरि सुरुबाट संघर्ष गर्नपर्छ होला, मलाई मेरै समकालीन र मेरै पालाका दर्शक श्रोताले मात्रै चिन्नुहुन्छ होला नयाँले चिन्नुहुन्न की , मेरा दर्शक श्रोताले बिर्सिनुभयो होला, सबै विरानो भयो भन्ने ठुलो डर थियो तर सबै फरक पाए । स–सानादेखि अहिलेका नव कलाकारहरु सबैले माया गर्नुभएको देख्दा निकै खुशी छु । झन् बढी माया र साथ पाएको छु मलाई मेरा दर्शक श्रोताले बिर्सिनुभएको रहेन छ झनै माया थपेर माया गर्नुभएको देख्दा निकै खुशी र आभारी छु ।’

अब अमेरिका नफिर्कने गरेर उनी फर्किएकी हुन् । भन्छिन्– म कलाकार हुँ कार्यक्रममा निमन्त्रणा आयो भने केहि दिनको लागि जान्छु तर उहि बस्न र काम गर्न अब म जान्न । मेरो गायक पेशालाई निरन्तर दिन्छु ।’ 

सिंगो गाउँकै पहिलो र एक्ली गायिका…

शिला तनहुँको आँबुखैरेनी की हुन् । उनी सिंगो गाउँकै पहिलो र एक्ली गायिका हुन् र अझैं पनि छिन् । ०५७ सालमा सांगीतिक क्षेत्रमा प्रवेश गरेकी शिलाको गायन यात्राले दुई दशक पार गरिसकेको छ ।

सानैदेखि गीत गुन्गुनाउने, रेडियो सुन्ने शिलालाई ‘म पनि रेडियोमा यसरीनै गीत गाउने ठुलो गायिका बन्छु, सबैले चिन्ने गायिका बन्छु’ भन्ने लाग्थ्योे । उनी भन्छिन्– मेरो घरमा ठुलो रेडियो थियो बाबाले सधैं समाचार सुन्नुहुन्थ्यो, ।

पछि त्यहि रेडियोसंगै राखेर म पनि सुन्थे गीतहरु बज्दा सँगै गुन्गुनाउथे र मनमा सपना जाग्थ्यो ‘म पनि यस्तै गायिका हुने हो ।’ ‘कक्षा आठमा पढ्दा स्कुलमा एक सांस्कृतिक कार्यक्रम आयोजना गरियो । त्यो कार्यक्रममा सरले सबै विद्यार्थीलाई आ–आफूसँग भएको कला र प्रतिभा अनिवार्य देखाउनैपर्ने भयो भन्नुभयो । गाउन जान्ने ले गाउने, चान्न जान्ने ले नाच्ने केहि नजान्ने ले दशपटक उठबस गर्नुपर्छ भन्ने नियम नै राख्दिनुभयो । त्यसपछि मैले गीत गाउछु भने गाए र त्यो गीत सबैले निकै मन पराइदिनुभयो म कार्यक्रममा प्रथम भए । त्यो पछि मेरो स्वर राम्रो रहेछ म एल्बममा पनि गाउन सक्छु भन्ने महसुस भएको थियो ।’ उनले सम्झिइन् । सबै शिक्षकहरु र गाउँलेको प्रेरणा र हौसलाले शिलाको गायिका बन्ने सपना थप बलियो बन्यो ।

यसरी भयो सांगीतिक क्षेत्रमा प्रवेश…

एसएलसी पछि बाँकी पढाइको लागि ०५६ सालमा शिला काठमाडौं छिरिन् । आफ्नै दाजुभाउजु काठमाडौंमा बस्ने भएकाले उनलाई आउन र बस्न गाह्रो भएन । शिलालाई घरमा पनि बुवा–आमाले गाउनमा रोकतोक कहिल्यै गरेनन् । घरपरिवारको पुरा साथले पनि उनीलाई थप उर्जा थप्यो ।

पद्मकन्यामा पढ्दै जव गर्ने शिलाले अफिसमा पनि रेडियो सुन्थिन खुब गीत सुन्थिन् र गुनगुनाउथिन् । रेडियो सुन्दै गर्दा शिलाले एकदिन रेडियो नेपालमा खुल्ला दोहोरी प्रतियोगीता हुने भन्ने सुनिन् र ०५७ साल असार २७ गते भएको प्रतियोगीतमा भाग पनि लिइन् ।

देशभरीका प्रतिष्पर्धीहरुसँग गाएर उनी २० जनाको नाम छनौट हुनुपर्नेमा १६ स्थानमा परिन् । आफूले गाउन सक्दापनि राम्रो गाउन नसकेको उनले बताइन् । त्यसपछि उनको कलाकारहरुसँग भेटघाट र चिनजनी बढ्न थाल्यो । गीत सुनेर धेरैले उनलाई खोज्न थालेपछि दोहोरी साँझमा गाउने अवसर पाइन् । यसरी उनको लोकदोहोरी क्षेत्रमा प्रवेश गरिन् ।

सालमा गायिका सकुन्तला थापा र शिलाले पहिलो संयुक्त गीती एल्बम ‘फुल्यो ल्वाङफूल’ बजारमा ल्याए । गाउन जाने पनि त्यो गीत बजारमा ल्याउनेबेलामा धेरैकुरामा आइडिया नभएकाले गीत सोचेजति त चलेन तर शिलालाई स्टूडियोमा रेकर्डिङको सबै अनुभव भने भयो ।

उक्त गीतपछि शिलाले विस्तारै गीत पाउन थालिन् र लगभग नाम चिनिइसकेको गायिकामा परिन् । त्यसपछि उनका लगातार गीत आउन थाले र चर्चित गायिकाको रुपमा स्थापित भइन् । शिलाको संख्यात्मक हिसावले तीन सय बढीको गीत छन् तर सबै गीत राम्रा र दर्शकश्रोताले माया पाएकाले पनि उनी लोकप्रिय गायिका हुन् ।

र, अन्त्यमा…

०६१ सालमा चितवनका शिवराज पौडेलसँग वैवाहिक बन्धनमा बाँधिएकी शिलाका १५ र ९ वर्षका दुई छोरी छन् । शिलाको काठमाडौंमा आफ्नै घर छ । श्रीमान र दुई छोरीसँग यहि बस्छिन् ।

अमेरिकाबाट फर्किसकेपछि शिलाले असार यता दश बढी गीत गाइसकेकी छिन् । हरेक दिन जसो रेकर्डिङ र लाइभ दोहोरीमा व्यस्त शिलाले एकदिनमा दुई वटासम्म गीत रेकर्ड गर्छिन् ।

उनको तीजको गीत पनि रेकर्ड भइसक्यो । अब स्वदेशमै आफ्नो परिवारसँग बसेर आफ्नो गायन यात्रा अगाडि बढाउने शिलाको अठोट छ ।

गोमा परियार

पत्रकार परियार ज्योति न्यूजको लागि जीवनशैली, कला र मनोरञ्जन क्षेत्रमा कलम चलाउँछिन् ।

प्रतिक्रिया