बुधबार, साउन २०, २०७८

लक्ष्मी मल्ल र स्वरूप राज आचार्यको ‘डाँडा घरे साइली’ युट्युब ट्रेन्डिङमा (भिडियोसहित)

काठमाडौं। गायिका लक्ष्मी मल्ल र गायक स्वरूप राज आचार्यको गीत ‘डाँडा घरे साइली’ यतिबेला बजारमा छ । भिडियोसहित बजारमा आएको गीत यो समाचार तयारपार्दासम्म ‘युट्युब ट्रेन्डिङ’  २४ नम्बरमा रहेको छ ।

कृष्ण केसीको शब्द रहेको गीतमा श्रीकृष्ण बम मल्लले सङ्गीत गरेका छन् भने कृष्ण विक ‘भान्जा’ को सङ्गीत संयोजन रहेको छ । देवेन्द्र बब्लुको निर्देशन रहेको भिडिओमा गाउँले परिवेश समेटिएको छ ।

मौसम हिमालीको कोरियोग्राफी रहेको भिडिओ नवराज उप्रेतीले गरेका हुन् । भिडिओमा प्रकाश सपुत, शिल्पा पोखरेल, करिश्मा ढकाल र श्रीकृष्ण बम मल्लको अभिनय रहेको छ । गायिका मल्लका यस अगािडका थुप्रै गीतहरुले दर्शकश्रोताकोे अत्यधिक माया पाएका छन् । यो गीतले पनि माया पाउनेमा सम्पुर्ण टिम बिश्वस्त रहेको छ ।

दिन्सन शाहले सम्पादन गरेको भिडिओमा विमला तामाङको शृङ्गार रहेको छ ।

प्रतिक्रिया