बुधबार, साउन २०, २०७८

‘हारे आमा’ लिएर आइन् रितु थापा मगर (भिडियोसहित)

काठमाडौं । गायिका रितु थापा मगरको ‘हारे आमा’ बोलको गीत बजारमा आएको छ ।

शब्द तथा लय गायिका स्वयम् थापाकै रहेको गीतमा अभिनय पनि थापाकै रहेको छ ।

छोरीमान्छेले भोग्नु पर्ने नमिठो कथालाई गीतमा मुख्य कथा बनाइएको छ । थापासँगै गीतमा कलाकार रमा थपलिया लगायतको पनि अभिनय रहेको छ ।

बिनोद भण्डारीको निर्देशन रहेको गीतमा आफूले पाएका दुख र व्यथालाई मृत्युपश्चात पोखेको भावलाई देखाइएको छ ।

निर्देशक भण्डारीले हरेक गीतमा केहि न केहि नयाँ प्रस्तुती र शन्देश दिनेक्रममा यो गीतलाई पनि नयाँ ढंगबाट प्रस्तुत गरेका छन् । गीत गायिका थापाकै अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया