बुधबार, साउन २०, २०७८

अष्ट्रेलियामा नेपाली महावाणिज्य दूतावासको फोन ह्याक, नेपालीहरुको विवरण चोर्ने प्रयास

ज्योतिन्यूज २०७८ असार ३० गते १५:३६

सिड्नी । अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित नेपाली अवैतनिक महावाणिज्य दूतको कार्यालयको टेलिफोन नम्बर ह्याक भएको छ ।

लण्डन नेपाल न्यूजसँग कुराकानी गर्दै  अवैतनिक दूत दिपक खड्काले साउथ इन्डियन लवज भएको व्यक्तिले कार्यालयको टेलिफोन नम्बरको प्रयोग गरी नेपालीहरुलाई फोन गर्ने र महत्वपूर्ण विवरण हरु लिन प्रयास गरेको जानकारी दिए ।

जनरल क्नसुलेटको नम्बरबाट फोन गरेर व्यत्तिगत विवरणहरु सोध्ने गरेको पाइएको भन्दै उनले नेपालीहरुलाई केन्द्रीत गरी ती व्यक्तिहरुले डाटा चोर्ने काम गरेको पाइएको बताए । ती व्यक्तिहरुले बैंक खाता र व्यक्तिगत विवरणहरु सोध्ने गरेका थिए ।

‘हामीले कहिल्यै पनि व्यक्तिगत विवरण माग्नको निम्ती फोन गर्दैनौँ’, खड्काले भने, ‘विना कारण व्यक्तिगत विवरण मागिएको भन्ने खबर आएपछि हामीले अनुसन्धान गर्दा कार्यालयको फोन ह्याक भएको थाहा भयो ।’

उनले यसबारे अनुसन्धान थालिएको समेत जानकारी दिए । उनले विभिन्न सामाजिक सञ्जाल सञ्चार माध्यमहरुबाट नेपालीहरुलाई सचेत रहन र यसप्रकारका फोन हरु आएको खण्डमा कुनै पनि जानकारीहरु प्रदान नगर्न आग्रह गरिएको जानकारी दिए ।

यसअघि पनि यसप्रकारका घटना भएका थिए । यो दोस्रो पटक हो । ह्याक गर्ने व्यक्तिको खोजी भइरहेको उनले बताए ।

प्रतिक्रिया