बुधबार, साउन २०, २०७८

नरेन्द्र मल्ल र राखी मल्लको ‘मेरी माया जुन भन्दा उजेली’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । हिन्दु महिलाको महानपर्व हरितालिका तीज आउन पुरा एक महिना बाँकी छ । तर तीजका गीतहरु बजारमा आइरहेका छन् ।

तीज भन्नासाथ महिलाको बिशेष पर्वका रुपमा लिइन्छ । तीजमा वर्षभरीको दुख, पिर र व्यथालाई भुलेर रमाउने नाच्ने र माइतीघरमा गएर मनको बह पोख्ने गरिन्छ ।

धेरै समय छुट्टिएका साथीसंगीसँगको भेटघाट लगायतलाई विशेष बनाएर रमाउने, नाच्ने र गाउने गरिन्छ ।

तीजमा धेरै गीतहरु बजारमा आउने गर्छन् तर विगतको वर्षदेखि कोरोना महामारी र यसको नियन्त्रण, रोकथामका लागि पटकपटक हुदै आइरहेका बन्दले गर्दा गीत बजारमा आउनेक्रम अलि कम भएपनि रोकिएका भने छैनन् ।

यहि क्रममा गायक नरेन्द्र मल्ल र राखी मल्लको स्वरमा ‘मेरी माया जुन भन्दा उजेली’ बोलको गीत भर्खरैमात्र सार्वजनिक भएको छ । गीतमा आफ्नो मायालुको बयान गरेको प्रेम व्यक्त गरेको विषय मुख्य बनाइएको छ ।

सञ्चारकर्मी समेत रहेका गायक स्वयम् मल्लको शब्द तथा सँगीत रहेको गीतमा चक्र बम अनु पराजुली र पिलिजा नानुको अभिनय तथा नृत्य देख्न सकिन्छ । विक्रम चौहानको निर्देशन रहेको गीतमा केशव बडुको संगीत संयोजन रहेको छ । गीतलाई गायक स्वयम् मल्लको अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया