बुधबार, साउन २०, २०७८

नेहा धुपिया आमा बन्दै

ज्योतिन्यूज २०७८ साउन ४ गते १७:४०

एजेन्सी । नेहा धुपिया र अंगद बेदीको घरमा दोस्रो सन्तानको जन्म हुँदैछ । नेहाले आफू गर्भवती भएको जानकारी सामाजिक संजालमार्फत सार्वजनिक गरेकी हुन् । जसमा नेहाका पति अंगद र छोरी मेहरसँग देखिएकी छन् । नेहाले भगवानलाई धन्यवाद दिएकी छन् ।

यद्यपि नेहाले गर्भावस्थाको समयमा समेत निरन्तर काम गरिरहेकी छन् । दुई दिन अघि उनले छायांकनबाट फर्किएका केही फोटोहरू सामाजिक संजालमा सार्वजनिक गरेकी थिइन् । शुभ समाचार सार्वजनिक गर्नुअघि उनले एक रात पोस्ट सस्पेन्स राखेकी थिइन् । उनले ठुलो प्रोजेक्ट सुरु गर्न लागेको र त्यसको लागि मध्यरातसम्म कुर्न आग्रह गरेकी थिइन् ।

नेहा पहिलो पटक विवाहअघि नै गर्भवती भएकी थिइन् ।  त्यसैले विवाह गोप्य र हतारमा गरिएको थियो । नेहा गर्भवती भएको अंगदले स्वीकार गरेका थिए र उनीहरुले गोप्य रुपमा बिहे गरे । नेहा र अंगदको अफेयरको चर्चा क्रिकेटर जहीर खान र सागरिकाको विवाह समारोहमा एक साथ पुगेपछि फैलिएको थियो । उनीहरुले २०१८ मा विवाह गरेका थिए ।

प्रतिक्रिया