बुधबार, साउन २०, २०७८

एकैदिन ७०० रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

ज्योतिन्यूज २०७८ साउन ६ गते ११:०७

काठमाडौं । केही समय देखि बढीरहेको सुनको भाउ बुधबार भने सात सय रुपैयाले घटेको छ । आज सुन प्रतितोला ७०० रुपैयाँले घटेर ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत मंगलबार सुन प्रतितोला अधिकतम ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत प्रतितोला ७०० रुपैयाँले नै घट्दै ९२ हजार रुपैयाँ कायम भएको छ ।

तर यता चाँदीको मूल्य भने केहिदिन यताको लगातार गिरावटको प्रक्रिया थप बुधबार पनि कायम रहँदै प्रतितोला २० रुपैयाँले घटेर एक हजार २६० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

प्रतिक्रिया