बुधबार, साउन २०, २०७८

जसपा विवाद निरुपणबारे निर्वाचन आयोगको इजलास बस्दै

दुवै पक्षको बहस आजै टुंग्याउने तयारी

ज्योतिन्यूज २०७८ साउन ७ गते ८:२३

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को विवाद निरुपण गर्न निर्वाचन आयोगको इजलास आज (बिहिबार) बस्दैछ । आयोगले आज दुवै पक्षको बहस टुंग्याउने तयारी गरेको छ ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बहुमत, अल्पमत हेरेर निर्णय लिइने आयोगले जनाएको छ ।

राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणको आधारमा कुनै पक्षलाई मान्यता दिने अवस्था नरहे केन्द्रीय समितिमा बहुमत रहेको पक्षलाई दलको आधिकारिकता दिने प्रावधान छ ।

आयोगले जसपा विवादबारे टुंगो लगाउन प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्सीय इजलास गठन गरेको थियो । इजलासले गएको आइतबारदेखि जसपा विवादबारे सुनुवाइ सुरु गरेको हो ।

प्रतिक्रिया