बुधबार, साउन २०, २०७८

शाहरुख खानको नयाँ फिल्ममा साउथ अभिनेत्री नयनतारा

ज्योतिन्यूज २०७८ साउन ७ गते १०:४३

एजेन्सी । बलिउड अभिनेता शाहरुख खानको नयाँ फिल्म आउने भएको छ । उनले चर्चित निर्देशक एटलीसँग काम गर्ने भएका हुन् । केही महिनापछि नै फिल्मको शुटिङ सुरु हुने भएको छ । उक्त फिल्मका लागि अभिनेत्रीको नाम पनि तय भएको छ ।

शाहरुख खानको प्रोडक्शन हाउस रेड चिलीजको फिल्ममा साउथ इन्डियन अभिनेत्री नयनतारालाई लिइने भएको छ । समाचारका अनुसार फिल्मका लागि नयनताराले हस्ताक्षर गरिसकेकी छन् । निर्देशक एटलीले उक्त फिल्म धेरै भाषामा बनाउने बताएका छन् ।

फिल्ममा शाहरुख खानले दोहोरो भूमिका निर्वाह गर्ने जानकारी गराइएको छ भने नयनताराको भूमिका कस्तो रहने भन्ने विषयमा खुलासा गरिएको छैन । उक्त फिल्म सन् २०२१ को अन्तसम्म शुटिङ गरिनेछ ।

प्रतिक्रिया