सोमबार, असोज ४, २०७८

गुल्मीको मुसिकोटमा जीप दुर्घटना, तीनजनाको मृत्यु

ज्योतिन्यूज २०७८ साउन १३ गते ११:५७

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा न ४ भन्ल्याङ्गमा जिप दुर्घटना भएको छ ।

गुल्मी जिप दुर्घटनाः क्षतविक्षत अवस्थामा जीप, दुई जना मृतकको सनाखत

शान्तिपुरबाट तम्घास जाँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप दुर्घटनामा परेको हो । १० जना यात्रु सबार जिप सडकबाट करिब ५०० मिटर खसेको छ ।

दुर्घटनामा परी घटनास्थलमै ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन ।

अन्य विवरण आउने क्रममा रहेको छ । अहिले उद्दारका लागि प्रहरी टोली घटनास्थल पुगेको छ भने थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

घाइतेलाई जिल्ला अस्पताल तर्फ लगिदै छ। सानो बच्चा बेपत्ता भएको बताइएको छ। शव रुखमा झाडिमा अड्किएको र ड्राइभर पनि घाइते भएको बताइएको छ।

प्रतिक्रिया