सोमबार, असोज ४, २०७८

संस्थापक शेयर लिलामीमा विक्री गर्दै नेशनल माइक्रोफाइनान्स आजदेखि

ज्योतिन्यूज २०७८ साउन १७ गते ७:५१

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आइतबारदेखि ६५ हजार ७६० कित्ता संस्थापक शेयर लिलामी प्रकृयाबाट विक्री गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य रू. १ हजार २२ मा साउन ३१ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी उक्त शेयर लिलामीमा ल्याएको हो । यो शेयर खरीदका लागि विद्यमान संस्थापकहरुका गत चैत ३१ गतेदेखि जेठ ३ गतेसम्म ३५ दिने समय दिई विक्रीको आव्हान गरिएको थियो ।

विद्यमान संस्थापकहरुबाट आवेदन नपरेपछि कम्पनीले सार्वजनिक रुपमा उक्त शेयर विक्री गर्न लागेको हो ।

यो शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र साउन ३२ गते बिहान ११ बजे विक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ लिमिटेको टेकु स्थिर कार्यालयमा खोलिने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया