सोमबार, असोज ४, २०७८

गृहमन्त्री खाँणको राजीनामा माग्दै युवा संघको प्रदर्शन

ज्योतिन्यूज २०७८ साउन १७ गते १८:२७

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ ।

दार्चुलामा महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले लट्ठा काटिदिएपछि वेपत्ता भएका जयसिंह धामीको विषयमा सत्यतथ्य छानविन गर्न असमर्थ भएको भन्दै राजिनामा मागेको हो ।

त्यसको विरोधमा आइतबार नयाँ बानेश्वरमा प्रदर्शनमा उत्रिएका युवा संघका कार्यकर्ताले गृहमन्त्री खाँणको राजीनामा मागेका हुन् ।

उनीहरूले एसएसबीले नेपाली नागरिक धामीको ज्यान लिँदा समेत सरकार मौन बसेको भन्दै विरोध जनाएका हुन् ।

प्रतिक्रिया