सोमबार, असोज ४, २०७८

दार्चुला घटना छानबिनका लागि गृह मन्त्रालयले बनायो समिति

ज्योतिन्यूज २०७८ साउन १७ गते १८:५२

काठमाडौं । दार्चुलामा भारतीय प्रहरी बल एसएसबीले तुईनको लठ्ठा काटिदिएपछि वेपत्ता भएका जयसिंह धामीको विषयमा छानविन गर्न गृह मन्त्रालयले छानविन समिति गठन गरेको छ ।

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा समिति गठन गरिएको हो । जसको सदस्यहरुमा सुदूरपश्चिम प्रदेशका डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक (डीआईजी) हुतराज थापा, सशस्त्रका एसएसपी सुरेश कुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी सदस्य रहने गरी ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

घटनाबारे सत्यतथ्य बुझेर प्रतिवेदन पेश गर्न उनीहरुलाई १० दिनको समय दिइएको छ ।

दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले शुक्रवार तुइन काटिदिँदा धामी वेपत्ता भएका थिए ।

प्रतिक्रिया