सोमबार, असोज ४, २०७८

मेलम्चीमा आइतबार राति फेरि बाढी आयो

ज्योतिन्यूज २०७८ साउन १८ गते ७:२१

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार राति फेरि बाढी आएको छ ।

राति मेलम्ची खोलामा पानीको सतह बढेपछि सबैलाई सतर्कता अपनाउन आग्रह गरिएको र अहिले भने पानीको सतह घटेको मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले बताए ।

ठूलो बाढी आउन थालेपछि प्रहरीले माइकिङ गरेर स्थानीयवासीलाई सुरक्षित ठाउँमा जान आग्रह गरेको थियो ।

अस्ति राति आएको त्यहाँ झण्डै दुई दर्जन घर बगाएको छ । चनौटेको रातो पुल बगाएको छ भने अरू नदी तटीय क्षेत्रका बस्ती कटान गरेको छ । यसअघि असार १ गते आएको बाढीले पनि हेलम्बु र मेलम्ची लगायतमा ठूलो क्षति पुर्याएको थियो । सो बाढीका कारण ५ जनाको मृत्यु भएको थियो भने १५ जना अझै बेपत्ता छन् ।

प्रतिक्रिया