सोमबार, असोज ४, २०७८

नेपालमा खोप उत्पादक कम्पनीलाई अनुमति दिने सरकारको निर्णय

ज्योतिन्यूज २०७८ साउन १९ गते १८:३९

काठमाडौं । मंगलवारको मन्त्रिपरिषद बैठकले नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले यसप्रकारका कम्पनीलाई नेपालमा खोप उत्पादनका लागि प्रोत्साहित गर्दै अनुमति दिने निर्णय गरेको जानकारी दिए ।

आजकै बैठकले रेल विभागका महानिर्देशक गुरु भट्टराईलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । त्यस्तै भूमिसम्बन्धी समस्या समाधान गर्न गठन गरिएको भूमि आयोग पनि खारेज गरिएको छ ।

प्रतिक्रिया