सोमबार, असोज ४, २०७८

सुमोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ज्योतिन्यूज २०७८ साउन १९ गते १८:५३

महोत्तरी-         

गणेशमान चारनाथ नगरपालिका-४ बस्ने २३ वर्षीय धिर बस्नेतको मोटरसाइकल दुर्घटनामा परी मंगलबार बिहान मृत्यु भएको छ ।

बर्दिबास नगरपालिका-४ बिश्वाकार्मा चोकमा उनी सवार बा.९२ प ३२०६ नम्बरको मोटरसाइकललाई बा.१८ च ३६८५ नम्बरको सुमोले ठक्कर दिँदा मोटरसाइकलमा पुन: प्रदेश १-०४-००१ च ०२७९ नम्बरको बलेरोमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको शुभ-स्वास्तिक अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो ।

उक्त सुमो र बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

प्रतिक्रिया