सोमबार, असोज ११, २०७८

माधवको पार्टीमा अध्यादेशले तोकेको भन्दा ७ प्रतिशत केन्द्रीय सदस्य र ५ प्रतिशत सांसद बढी

ज्योतिन्यूज २०७८ भदौ ९ गते १४:१२

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा एमालेका केन्द्रीय सदस्य २७ प्रतिशत र २४.७९ प्रतिशत सांसदहरू खुलेका छन् । 

नयाँ दल दर्ता प्रयोजनका लागि गरेको बुधबार निर्वाचन आयोगले गरेको सनाखतमा ५५ जना केन्द्रीय सदस्य र ३० सांसदले हस्ताक्षर गरेका हुन् । साविक एमालेको केन्द्रीय समिति दुई सय तीन र संसदीय दल एक सय ५४ सदस्यीय छ ।

राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए नयाँ दल दर्ता गर्न सकिने उल्लेख छ । त्यस आधारमा माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादीमा अध्यादेशको प्रावधानभन्दा ७ प्रतिशत बढी केन्द्रीय सदस्य र ५ प्रतिशत बढी सांसद खुलेका छन् । 

केन्द्रीय सदस्य र सांसदमा २० प्रतिशतभन्दा बढी जुटाएकाले निर्वाचन आयोगले आजै माधव नेपाललाई नेकपा एकीकृत समाजवादी पार्टीको प्रमाणपत्र दिने छ ।

माधव नेपाल पक्षमासनाखत गर्ने ३० संघीय सांसद
माधवकुमार नेपाल
मुकुन्द न्यौपाने
कल्याणीकुमारी खड्का
विरोध खतिवडा
जीवनराम श्रेष्ठ
रामकुमारी झाँक्री
निरादेवी जैरु
प्रेमबहादुर आले
मेटमणि चौधरी
सरला यादव
भवानी खापुङ
पुष्पाकुमारी कर्ण कायस्थ
समिना हुसेन
कृष्णलाल महर्जन
कृष्णकुमार श्रेष्ठ
कलिला खातुन
हिराचन्द्र केसी
धनबहादुर बुढा
गोपालबहादुर बम
पार्वतीकुमारी विशुंखे
लक्ष्मी चौधरी
विना बुढाथोकी
बेदुराम भुसाल
शेरबहादुर कुँवर
ठगेन्द्रप्रकाश पुरी

उदया शर्मा (पौड्याल)
सिंगबहादुर विश्वकर्मा
नन्दा चपाईं
शान्तिकुमारी अधिकारी जिसी

झलनाथ खनाल (भारतबाट सनाखत)

सनाखत गर्ने ५५ केन्द्रीय सदस्य
माधव नेपाल
मुकुन्द न्यौपाने
प्रदीप नेपाल
बेदुराम भुसाल
प्रमेशकुमार हमाल
राजेन्द्रप्रसाद पाण्डे
डा विजयकुमार पौडेल
गंगालाल तुलाधर
प्रकाश ज्वाला
नागेन्द्रप्रसाद चौधरी
जयन्ती राई
तुलबहादुर गुरुङ
जगन्नाथ खतिवडा
प्रतापलाल श्रेष्ठ
जीवनराम श्रेष्ठ
धर्मनाथप्रसाद साह
रामचन्द्र यादव
यदुवंश झा
रत्नेश्वर गोइत यादव
श्रीप्रसाद साह

रविन्द्र बैठा धोवी
लक्ष्मण पौडेल
मदनकुमारी शाह (गरिमा)
विरोध खतिवडा
मेटमणि चौधरी
विश्वनाथ प्याकुरेल
प्रेमलकुमार खनाल
विजय गुरुङ
सावित्रा भुसाल
रामकुमारी झाँक्री
गौरा प्रसाईं कोइराला
रामकुमार ज्ञवाली
खगेन्द्र चुडाल
सरलाकुमारी यादव
सुधिरप्रसाद साह
कल्याणीकुमारी खड्का
शत्रुघन महतो
रामचन्द्र साह
दिनेशकुमार राई
हंशबहादुर शाही
शेरबहादुर केसी
निरादेवी जैरु
प्रेमबहादुर आले
भागवत नेपाली
चुडामणि विक जंगली
घनेन्द्र बस्नेत
राजेन्द्रकुमार राई
बलदेव चौधरी
डा देउमान सम्बाहम्फे
भाष्कर काफ्ले
कृष्णप्रसाद खनाल
मोहम्मद महफुज अन्सारी
हरिप्रसाद पराजुली
केदार न्यौपाने

झलनाथ खनाल (भारतबाट सनाखत)

सनाखत गरेका तर निर्णय हुन बाँकी सांसदहरु
माया ज्ञवाली
तुलसा थापा
सोमप्रसाद पाण्डे
सरलादेवी सुवेदी

प्रतिक्रिया