सोमबार, असोज ४, २०७८

पहिरोका कारण बन्द भएको मुग्लिन-नारायणघाट सडक खण्ड खुल्यो

ज्योतिन्यूज २०७८ भदौ ११ गते १०:५७

काठमाडौं । पहिरोका कारण हिजो साँझदेखि बन्द भएको मुग्लिन–नारायणघाट सडक खण्ड खुलेको छ ।

मुग्लिन नारायणघाट सडक खण्ड अन्तर्गत सेतीदोभानमा गएको पहिरो हटाएपछि सडक खुलेको हो । सेतीदोभानमा हिजो साँझ ८ बजे खसेको पहिरो अघि बिहान सवा ९ बजे हटाइएको हो ।

यस्तै मुग्लिन–नारायणघाट सडकखण्डकै चारकिलोमा भने एकतर्फी मात्रै सडक खुलेको छ ।

पहिरोका कारण गएरातिदेखि यो खण्ड पनि बन्द थियो । अहिले पहिरो पन्छाएर एकतर्फी बाटो खुलाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया