सोमबार, असोज ११, २०७८

अफताव आलमको निवेदनमाथि सर्वोच्चमा सुनुवाइ हुँदै

ज्योतिन्यूज २०७८ भदौ ११ गते ११:४५

काठमाडौं । जिउँदो मान्छेलाई जलाएर हत्या गरेको आरोपमा जेलमा रहेका नेपाली काँग्रेसका नेता अफताब आलमले दिएको निवेदनको सुनुवाई पनि आज हुँदैछ ।

न्यायाधीश प्रकाशमान सिंह राउत र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा आलमको मुद्दाको सुनुवाई हुन लागेको हो ।

अघिल्लो साता राउत र कुमार रेग्मीको इजलासमा सो मुद्दा पेसीमा राखिएको थियो । तर, रेग्मीले हेर्न नमिल्ने भएकाले सुनुवाइ हुन सकेको थिएन । आलमलाई थुनामा राख्ने जिल्ला र उच्च अदालतको आदेशविरुद्ध उनी सर्वोच्चमा गएका हुन् ।

आलमलाई पुर्पक्षका लागि थुनामा राख्न रौतहट जिल्ला अदालतले २०७६ कार्तिक २९ गते आदेश दिएको थियो ।

२०६४ सालको संविधानसभा चुनावको अघिल्लो दिन इँट्टा भट्टामा जिउँदै मान्छेलाई राखेर जलाएको अभियोगमा उनी थुनामा रहेका छन् ।

प्रतिक्रिया