सोमबार, असोज ११, २०७८

मोहम्मद आफताव आलमको मुद्दामा सुनुवाइ रोकियो

ज्योतिन्यूज २०७८ भदौ ११ गते १२:४२

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमले दिएको निवेदनमा आज पनि सुनुवाई नहुने भएको छ ।

जिउँदो मान्छेलाई इटाभट्टामा राखी जलाएर हत्या गरेको आरोपमा जेलमा रहेका आलमले दिएको निवेदनको सुनुवाई न्यायाधीश प्रकाशमान सिंह राउत र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा हुने भनिएको थियो ।

विपक्षीको कानुन व्यवसायीबाट स्थगितका लागि माग भए बमोजिम शुक्रबार उक्त मुद्दामा सुनुवाई हुन नसकेको हो ।

अघिल्लो साता राउत र कुमार रेग्मीको इजलासमा सो मुद्दा पेसीमा राखिएको थियो । तर, रेग्मीले हेर्न नमिल्ने भएकाले सुनुवाइ हुन सकेको थिएन । आलमलाई थुनामा राख्ने जिल्ला र उच्च अदालतको आदेशविरुद्ध उनी सर्वोच्चमा गएका हुन् ।

आलमलाई पुर्पक्षका लागि थुनामा राख्न रौतहट जिल्ला अदालतले २०७६ कार्तिक २९ गते आदेश दिएको थियो ।

२०६४ सालको संविधानसभा चुनावको अघिल्लो दिन इँट्टा भट्टामा जिउँदै मान्छेलाई राखेर जलाएको अभियोगमा उनी थुनामा रहेका छन् ।

जिल्ला अदालत र उच्च अदालतले आलमलाई पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध आलमले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

प्रतिक्रिया