सोमबार, असोज ११, २०७८

खोलामा ट्रक खस्दा एकको मृत्यु, चालकसहित दुईजना घाइते

ज्योतिन्यूज २०७८ भदौ ११ गते १२:५७

मकवानपुर – मकवानपुरको भीमफेदी-१, सानुटारस्थित सुपारेटार ब्यारेक नजिकै राप्ती खोलामा ट्रक खस्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । 

त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-१ सानुटारमा फलाम बोकेर काठमाडौैं जाँदै गरेको प्रदेश १-०२-००१ ख ८७५९ नम्बरको आइचर ट्रक अनियन्त्रित भएर खोलामा खसेको हो । 

मृतकको पहिचान हुन नसकेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताए । प्रवक्ता रिमालका अनुसार दुर्घटनामा ट्रक चालक मोरङको सुन्दरहरैचा गाउँपालिका-८ का ३१ वर्षिय राजन बास्कोटा र सहचालक २४ बर्षीय सरोज आचार्य घाइते भएका छन् ।

घाइतेहरूको हेटौंडा ११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया