सोमबार, असोज ४, २०७८

थपिए २ हजार ६५ कोरोना संक्रमित, २५ जनाको मृत्यु

ज्योतिन्यूज २०७८ भदौ ११ गते १६:२२

काठमाडौं । शुक्रवार नेपालमा २ हजार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न भागमा गरिएको १३ हजार १ सय १७ परीक्षणमा २ हजार ६५ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा २५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार ६६३ पुगेको छ।

प्रतिक्रिया