सोमबार, असोज ११, २०७८

चार जना मृतावस्थामा भेटिए

ज्योतिन्यूज २०७८ भदौ ११ गते १७:०७

काठमाडौं- नवलपरासी (पश्चिम), रामग्राम नगरपालिका-१८ पम्फापुर बस्ने ३८ वर्षीय बिनोद पासी र उनका छोरा १३ वर्षीय प्रदिप पासी आफ्नै घरबाट २ सय मिटर टाढा खेतमा बिहीबार राति मृत अवस्थामा फेला परेका छन् । आफ्नो घरभित्र पानी पसेपछि छिमेकीको घरमा जान्छु भनी गएका उनीहरूको उक्त खेतमा शव फेला परेको हो ।

कैलाली, बर्दगोरीया गाउँपालिका-३ खैरेनी बस्ने ६० वर्षीया नन्दाकला रामजाली मोहन्याल गाउँपालिका-३ तल्लापानीस्थित कान्द्रा नदीले बगाई शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । जंगलमा बाँसको तामा टिप्न जाने क्रममा हराई वेपत्ता भएकी उनलाई खोजी गर्नेक्रममा उक्त ठाउँमा उनको शव फेला परेको हो ।

सल्यान, दार्मा गाउँपालिका-५ अधेरीखोला बस्ने ४९ वर्षीय बम बहादुर खत्री सोही ठाउँस्थित साउनेपानी खोलामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

रुपन्देही, कञ्चन गाउँपालिका-४ बेलडाँडास्थित नालिको पानीमा कपिलबस्तु बाणगंगा नगरपालिका-१० बस्ने ४५ वर्षीय चिङकु थारु शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया