सोमबार, असोज ११, २०७८

माधव नेपाललाई धोका दिएको भन्दै नेता पाण्डेलाई गृहजिल्लामा कालो झण्डा

ज्योतिन्यूज २०७८ भदौ ११ गते १७:१२

काठमाडौं । माधव कुमार नेपाल पक्षलाई छोडेर केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेमा जाने निर्णय गरेसँगै एमाले स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डेलाई आफ्नै जिल्ला चितवनमा कालो झण्डा देखाएका छन् ।

अध्यक्ष ओलीले प्रतिगमन गरेको भन्दै करिब ८ महिनासम्म उनको विरुद्धमा आन्दोलन गरी अन्ततः उनकै पछि लागेको भन्दै कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुन् ।

आन्दोलनमा धोका दिएको भन्दै उनलाई उनकै कार्यकर्ताहरुले कालो झण्डा देखाइएको हो ।

एमाले विभाजन हुन लाग्दा माधवकुमार नेपालको पक्षमा रहेका नेता पाण्डेले एकता भन्दै विभाजनपछि ओली पक्षमा खुलेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजन अध्यादेश जारी गरेसँगै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी दल दर्ता गरी प्रमाणपत्र समेत लिइसकेका छन् ।

उक्त पार्टीमा पाण्डेसहित नेपालपक्षका थुप्रै नेताहरुले साथ छोडेका छन् ।

प्रतिक्रिया