सोमबार, असोज ४, २०७८

संवैधानिक परिषद्को मुद्दाको पेशी आउँदो शुक्रबार हुने, राणाले विदा लिने

ज्योतिन्यूज २०७८ भदौ ११ गते १७:१८

काठमाडौँ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा जारी भएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र त्यसको आधारमा भएका नियुक्तिविरुद्धको रिटमा आउने शुक्रवार सुनुवाई हुने भएको छ ।

आज भएको सुनुवाईमा प्रधानन्यायधिश बस्न नहुने भनिएपछि चर्काचर्कीमै इजलास उठेको थियो । उक्त मुद्दा आगामी शुक्रबार (भदौ १८ गते)का लागि पेशी तोकिने सर्वोच्च अदालतले जानकारी गराएको छ ।

आफू समेत विपक्षी भएको उक्त मुद्धाको सुनुवाइमा राणा बस्न नमिल्ने भएपछि उक्त दिन राणा बिदा बस्ने भएका छन् । बीचको अवधिमा भने नियमित रुपमा काम गर्नेछन् ।

संवैधानिक इजलासबाट बाहिरिए प्रधानन्यायाधीश, वरिष्ठतम न्यायाधीशले पेसी तोक्ने

उनको अनुपस्थितिमा वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले कायममुकायम प्रधानन्यायाधीशका हैसियतले संवैधानिक इजलासको नेतृत्व गरी अन्य ४ न्यायाधीश तोक्नेछन् । त्यो दिन मुद्दाको प्रारम्भिक सुनुवाइ हुनेछ ।

मंसिर ३० गते र त्यसपछि जारी भएका अध्यादेशविरुद्ध संवैधानिक इजलासमा चलिरहेको मुद्दामा विपक्षी बनाइएका प्रधानन्यायाधीश राणा सुनुवाइमा संलग्न हुन नपाउने भनेर प्रश्न उठेपछि शुक्रबार उनले आफू इजलासबाट अलग हुने निर्णय गरेका हुन्।

चर्काचर्की भएपछि विषयवस्तुमा प्रवेश नै नगरी उठ्यो इजलास

इजलास छाडेर जान प्रधानन्यायधिश राणालाई दबाब, भागवण्डाको कुरा चल्दा आक्रोशित

प्रतिक्रिया