सोमबार, असोज ४, २०७८

निर्माणाधिन पुल बग्दा आवागमन अवरुद्ध

ज्योतिन्यूज २०७८ भदौ ११ गते १७:५६

कैलाली । धनगढीको चटकपुर र कञ्चनपुरको राजघाट सिमानास्थित निर्माणाधिन पक्की पुल बगेपछि आवागमन अवरुद्ध भएको छ । मोहना नदीमा बढेको पानीको बहावले अस्थायीरूपमा सञ्चालनमा ल्याइएको पुलको माटो बगाएपछि आवतजावत ठप्प भएको कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ का स्थानीय लोकेश जोराले जानकारी दिनुभयो ।

“लामो समयपछि मुस्किलले निर्माण भइरहेको पुल लगभग अन्तिम चरणमा पुगेको थियो । पानीको बहावले पुलको पश्चिम भाग बगाएकाले आवागमनमा निकै समस्या भएको छ, उहाँले भन्नुभयो । चुरे क्षेत्रमा भएको भारी वर्षापछि मोहना नदीमा बाढी आएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार राति मोहना नदीले खतराको सतह पार गरेको र अहिलेको बहाव भने सामान्य बन्दै गएको जनाइएको छ ।

प्रतिक्रिया