सोमबार, असोज ११, २०७८

चर्चित कवि पूर्ण वैद्यको निधन

ज्योतिन्यूज २०७८ भदौ १२ गते ७:१२

काठमाडौं । नेपाल भाषाका चर्चित कवि पूर्ण वैद्यको कोरोना संक्रमणले ८० वर्षको उमेरमा निधन भएको छ ।

भदौ २ मा अस्वस्थ भएपछि ललितपुरस्थित निदान अस्पताल भर्ना गरिएका बैद्यलाई कोरोना संक्रमण पनि पुष्टि भएको थियो ।

उपचारका क्रममा निधन भएका वैद्यको शुक्रबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

वि।सं। १९९७ सालको जनै पूर्णिमाका दिन भक्तपुरको चोछेँ टोलमा जन्मिएका वैद्यले सरासू’ कविता सङ्ग्रहका लागि २०२१ मा नेपाल भाषाको पहिलो साहित्यिक पुरस्कार ‘श्रेष्ठ सिरपाः’ पाएका थिए ।

विसं २०७६ मा वैद्य न्हूजः प्रगतिशील साहित्य पुरस्कारबाट पनि सम्मानित भएका थिए । वैद्यको ‘लः लः खः’ शीर्षक कविता सङ्ग्रह अङ्ग्रेजी भाषानुवाद भएको छ ।

प्रतिक्रिया