सोमबार, असोज ११, २०७८

नारायणी नदीमा पानीको सतह बढेपछि गण्डकका सबै ढोका खुला

ज्योतिन्यूज २०७८ भदौ १२ गते १०:३६

काठमाडौं । नारायणी नदीमा पानीको सतह बढेपछिगण्डकका सबै ढोका खोलिएको छ । पानीको सतह ७ दशमलव ३३ मिटरभन्दा माथि गएपछि नवलपरासीको त्रिवेणीमा गण्डक ब्यारेजका सबै ढोका खोलिएको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।

प्रशासनले नारायणी नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह समेत गरेको छ । गण्डकका सबै ३६ वटा ढोका खोलिएको प्रहरी चौकी त्रिवेणीले जानकारी दिएको छ ।

आज बिहान गण्डकमा पानीको बहाव ३ लाख ४ हजार क्युसेक प्रतिसेकेन्ड पुगेको छ ।

प्रतिक्रिया