सोमबार, असोज ११, २०७८

पछिल्लो २४ घण्टामा १८५७ जनामा कोरोना संक्रमण पुष्टि, २७ को मृत्यु

ज्योतिन्यूज २०७८ भदौ १२ गते १६:५८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ४०९ जनाको पीसीआर परीक्षणमा १ हजार ५१६ र ३ हजार ७६७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३४१ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार २२२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९३.७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया