सोमबार, असोज ११, २०७८

भारतमा ४५ हजार नयाँ संक्रमित थपिए, ४५७ जनाको मृत्यु

ज्योतिन्यूज २०७८ भदौ १३ गते ६:२०

काठमाडौँ । भारतमा थप ४५ हजार ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २६ लाख ९४ हजार १८८ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ७५ हजार २०० जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ४५७ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३७ हजार ८६० पुगेको छ ।

प्रतिक्रिया