सोमबार, असोज ११, २०७८

सर्लाहीमा करेन्ट लागेर एकको ज्यान गयो

ज्योतिन्यूज २०७८ भदौ १३ गते १३:२५

सर्लाही- सर्लाहीको चन्द्रनगरमा चापाकल चलाउन खोज्दा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।

आइतबार चन्द्रनगर गाउँपालिका–६, बस्ने ५० बर्षका नागेश्वर मण्डलको आफ्नै घरमा रहेको चापाकल चलाउने क्रममा करेन्ट लागेर ज्यान गएको हो । पानी तान्ने मोटर जडान भएको चापाकलबाट करेन्ट लागेर गम्भीर भएका मण्डललाई तत्काल जिल्ला अस्पताल मलंगवा पुर्‍याइएको थियो ।

अस्पताल पुर्‍याउनेवित्तिकै चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । पानी तान्ने मोटरबाट करेन्ट लिक भएको चापाकल चलाउन खोज्दा मण्डललाई करेन्ट लागको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए । मृतक पुरुषको शव परीक्षणको लागि जिल्ला अस्पतालमा राखिएको छ ।

घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया