सोमबार, असोज ११, २०७८

एकीकृत समाजवादीको प्रतिनिधिसभा संसदीय दल नेतामा नेपाल, राष्ट्रियसभामा भुसाल

ज्योतिन्यूज २०७८ भदौ १३ गते १४:०६

काठमाडौं । नेकपा एमाले विभाजान भइ बनेको नेकपा एकीकृत समाजवादीको प्रतिनिधिसभाको संसदीय दलको नेतामा माधव कुमार नेपाल चयन भएका छन् ।

आइतबार बसेको बैठकले पार्टी अध्यक्ष समेत रहेका नेता नेपाललाई सर्वसम्मत रुपमा नेतामा चयन गरेको हो ।

त्यस्तै राष्ट्रियसभाको संसदीय दलको नेतामा बेदुसराम भुसाल चयन भएका छन् । एमाले विभाजन गरेर बनेको एकीकृत समाजवादीको राष्ट्रियसभा ७ सांसद छन् ।
अन्य पदाधिकारीहरु पछि चयन हुने भएका छन् । संसदीय दलको बैठकले विधान मस्यौदा समिति बनाएको छ । भवानी खापुङ, शेरबहादुर कुँवर, निरादेवी जैरु, ठगेन्द्रप्रकाश पुरी र लक्ष्मी चौधरी समिति छन् ।

प्रतिक्रिया