सोमबार, असोज ४, २०७८

आज १ हजार ३८८ कोरोना संक्रमित थपिए, २४ जनाको मृत्यु

ज्योतिन्यूज २०७८ भदौ १३ गते १७:०८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार २५९ जनाको पीसीआर परीक्षणमा १ हजार २१४ र ३ हजार ३८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १७४ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार २६० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया