सोमबार, असोज ११, २०७८

काठमाडौँ उपत्यकामा थपिए ४७८ जना कोरोना संक्रमित

ज्योतिन्यूज २०७८ भदौ १३ गते १७:५८

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३१२, भक्तपुरमा ५२ र ललितपुरमा ११४ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ जनाको मृत्यु भएको छ।

आइतबार २ हजार २६० जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल ३५ हजार ७९६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया