सोमबार, असोज ११, २०७८

खोचलेकमा बिहानै स्कारपिओ दुर्घटना, चालक घाइते

ज्योतिन्यूज २०७८ भदौ १४ गते ९:२७

बैतडी- बैतडीको खोचलेकमा स्कारपिओ दुर्घटना हुँदा चालक घाइते भएका छन् ।

दार्चुलाको गोकुलेश्वरबाट महेन्द्रनगर जाँदै गरेको बा१२च४२४० नम्बरको स्कारपिओ सोमबार बिहान साढे सात बजे बैतडीको दोगडाकेदार गाउँपालिका-३ खोचलेकमा दुर्घटना भएको हो । 

र्दुघटनामा चालक हरिश बोहरा घाइते भएका छन् । उनको खोचलेकस्थित  क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

महेन्द्रनगरबाट बुकिङमा आएको स्कारपिओ महेन्द्रनगर फर्किने क्रममा दुर्घटना भएको हो । स्कारपिओमा सवार अर्का यात्रु दानसिंह भाट सकुशल छन्  

प्रतिक्रिया