सोमबार, असोज ११, २०७८

माघमा कोभिशिल्डकाे पहिलाे डाेज लगाएकाले बल्ल पाउने भए दोस्रो डोज

ज्योतिन्यूज २०७८ भदौ १४ गते १०:२६

 ताप्लेजुङ- गत माघमा कोभिशिल्ड खोपको पहिलो डोज लगाएकाहरू बल्ल खोपको दोस्रो डोज पाउने भएका छन् । ताप्लेजुङमा कोभिशिल्डको पहिलो डोज लगाएका १२ हजार ३२ जनालाई १६ भदौबाट दोस्रोे डोज दिइने भएको हो ।

जिल्ला खोप अनुगमन तथा ब्यवस्थापन समितिको बैठकले फुङलिङ नगरपालिका तथा पाथीभरा याङवरक, आठराई त्रिबेणी र मैवाखोला गाउँपालिकामा भदौ १६, १७ र १८ गते दोस्रो डोज लगाउने निर्णय गरेको छ । 

यसैगरी, फक्ताङलुङ, सिदिङवा, सिरिजंगा, मिक्वाखोला र मेरिङदेन गाउँपालिकामा १८, १९ र २० गते खोप लगाइने प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए । 

कोभिशिल्डको अभियान सकिएपछि भेरासेल लगाइने छ । भेरोसेलको पहिलो डोज लगाएकाहरूले पनि भदौमै खोप पाउने भएका हुन् ।

फुङलिङ नगरपालिका तथा पाथीभरा याङवरक, आठराई त्रिबेणी र मैवाखोला गाउँपालिकामा भदौ १९ र २० मा भेरोसेलको दोस्रो डोज लगाइने भएको हो । फक्ताङलुङ, सिदिङवा, सिरिजंगा, मिक्वाखोला र मेरिङदेन गाउँपालिकामा भदौ २१ र २२ खोप लगाइने छ ।

प्रतिक्रिया