सोमबार, असोज ४, २०७८

प्रदीप नेपालले छोडे माधव नेपालको नयाँ पार्टी

ज्योतिन्यूज २०७८ भदौ १४ गते १४:४६

काठमाडौं । नेकपा एमाले विभाजन गरी माधव कुमार नेपालको नेतृत्वको गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीबाट नेता प्रदीप नेपालले विदा लिएको घोषणा गरेका छन् ।

९ भदौमा विरामी अवस्थाकै बाबजूद निर्वाचन आयोगमा पुगेर सनाखत गरेका उनले सोमबार उक्त नयाँ पार्टीबाट विदा लिएको घोषणा गरेका हुन् ।

पार्टीले जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्त छोडेको भन्दै नेता नेपालले आफू उक्त पार्टी नरहेको जानकारी दिएका हुन् ।

आफू तानाशाही प्रवृतिको विरोधी भएको कारण केपी ओलीसामू नजाने भन्दै उनले माधव नेपालले आफूलाई धोका दिएको बताए ।

उनले जबजलाई आफूले स्वीकार नगर्ने भनेको र सोही सहमतिमा हस्ताक्षर गरेको भएपनि अहिले नेता नेपालले धोका दिएको उनको भनाई छ ।

‘माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ। तपाई पनि झेली कुरा गर्न सिक्नु भएछ।’ उनले भने, ‘बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ ।तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो। विदा।’

प्रतिक्रिया