सोमबार, असोज ११, २०७८

बीओके क्यापिटलले डाक्यो साधारणसभा, लाभांश प्रस्ताव गर्ने

ज्योतिन्यूज २०७८ भदौ २९ गते १३:१०

काठमाडौं -बीओके क्यापिटलले छैटौँ वार्षिक साधारणसभा (एजीएम) २० असोजमा बाेलाएकाे छ ।

कम्पनीले चुक्ता पुँजीको १८ प्रतिशत नगद लाभांश दिने (करसहित) प्रस्ताव पेस गर्न कम्पनीको कार्यालय नक्साल, काठमाडौंमा दिउँसो ३ बजेका लागि साधारणसभा आह्वान गरेको हो । 

आर्थिक वर्ष ०७८-७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । त्यस्तै, सभामा आर्थिक वर्ष ०७७-७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।

सभामा कम्पनीले नगद लाभांश प्रयोजनका लागि तीन करोड ७८ लाख रुपैयाँ छुट्याएको छ । 

प्रतिक्रिया