सोमबार, असोज ११, २०७८

सन्ध्या केसीको शब्द रामु खड्काको संगीतमा विष्णु माझीको ‘दुई थोपा आँशु’ (भिडियोसहित)

काठमाडौं । बहुचर्चित गायका विष्णु माझी र गायक राम गोपालीको स्वरमा ‘दुई थोपा आँशु’ सार्वजनिक भएको छ । भिडियोसहित हिजोमात्रै सार्वजनिक गीतमा सन्ध्या केसीको शब्द रहेको छ भने रामु खड्काको संगीत रहेको छ ।

भुल्दे न मन सम्झिन्छस् जा बाट
झ्याप्प, झ्याप्प याद आउछ काँ बाट
घटाउन खोज्छु माया घट्दैन
आकास भन्दा फराकिलो सपना अट्ने आखामा दुई थोपा आँसु पनि किन अट्दैन ।

गीतमा यस्ता शब्द रहेका छन् । गीतकार केसी र संगीतकार खड्काको सहकार्यमा यो भन्दा अगाडि पनि धेरै गीतहरु बजारमा आइसकेका छन् । जस्लाई दर्शकश्रोताले अत्यधिक रुचाएका पनि छन् ।

माया गरेको आफ्नो मान्छेसँग बिछोडीएपछि पनि उसकै याद र सम्झनाले सताएको र तड्पाएको भावलाई गीतमा मुख्य विषय बनाइएको छ ।

बिछोडपछि पनि उसकै यादले सताउदा बिर्सन नसकेर तड्पिएको कथालाई कलाकार विनोद श्रेष्ठ, जस्म्नि कार्कीले अभिनयमार्फत उतारेका छन् । संगीतकार खड्काकै अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको गीतको निर्देश्न शिशिर बुढाथोकीले गरेका छन् ।

प्रतिक्रिया