सोमबार, असोज ११, २०७८

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनकी आमाको निधन

ज्योतिन्यूज २०७८ भदौ २९ गते १५:२०

लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई मातृशोक परेको छ ।

जोन्सनकी आमा शारलोट जोन्सनको ७९ बर्षको उमेरमा लण्डनस्थित सेन्ट मेरिज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बीबीसीले जनाएको छ ।

४० वर्षको उमेरमा नै पार्किन्सनको समस्याबाट पीडित शारलोटका प्रधानमन्त्री बोरिस जोन्सन, पत्रकार र्‍याचल, पूर्वमन्त्री जो र पर्यावरणविद् लियो गरी चार सन्तानहरु रहेका छ्न ।

व्यवसायिक चित्रकारितालाई अगाडि बढाएकी उनी १९४२ मा जन्मिएकी थिइन् । शारलोटका बुबा सन् १९७० मा युरोपेली आयोगका अध्यक्षसमेत थिए।

प्रधानमन्त्री जोनसनले यसअघि आफ्नी आमालाई परिवारको ‘सर्वोच्च अधिकारी’ को रूपमा वर्णन गरेका थिए।

सन् २०१९ मा आफ्नो पहिलो कन्जर्भेटिभ पार्टीको सम्मेलनमा जोन्सनले आफ्नी आमाले उनलाई सधैँ ‘समान महत्व, समान गरिमा र पृथ्वीका हरेक मानिसको समान मूल्य हुन्छ’ भनी सिकाएको बताएका थिए।

शारलोटले अमेरिकन प्रोफेसर निकोलस वालसँग विवाह गरी न्यू योर्क बसाइ सरेकी थिइन् । जहाँ उनले पेन्टिङ शुरू गरेकी थिइान् ।

प्रतिक्रिया