सोमबार, असोज ११, २०७८

थपिए १५६२ जना कोरोना संक्रमित, १९ जनाको मृत्यु

ज्योतिन्यूज २०७८ भदौ २९ गते १७:११

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ९ सय ८४ पुगेको छ।

मंगलबार १ हजार ५८९ कोरोना संक्रमणमुक्त भएका छन्। देशभर २६ हजार २०२ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा १० हजार २६६ पीसीआर तथा ४ हजार १७७ एन्टिजेन परीक्षण भएको छ।

प्रतिक्रिया